पोखरामा साउन २८ देखि मोवाईल मेला हुने

पोखरा २६ साउन/ पोखराको पृथ्वीचोक नजिकै रहेको पोखरा विजनेश कम्प्लेक्समा मोवाईल मेला हुने भएको छ । पोखरा इलेक्ट्रोनिक्स ब्यवसायी संघको आयोजनामा साउन २८ गतेदेखि ३२ गते सम्म मेला सञ्चालन हुने छ ।

पोखरामा साउन २८ देखि मोवाईल मेला हुने
पोखरामा साउन २८ देखि मोवाईल मेला हुने

मेलामा विभिन्न ब्राण्डका मोवाईलहरुका ४० वटा स्टल रहने संघका सचिव नारायण सुवेदीले बुधबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । मेलाको अबसरमा प्रत्येक सामान खरिदमा ५ देखि १० प्रतिशत सम्म छुट दिईने आयोजकले जनाएको छ ।

मेलामा आउने दर्शकलाई प्रत्येक पाँच जनालाई गिफ्ट ह्याम्पर प्रदान गर्ने सुबेदीले बताए । मेला सम्पन्न गर्न २ लाख ८० हजार खर्च लाग्ने र झण्डै ३० लाखको कारोवार हुने अपेक्षा गरिएको छ । मेला अबधिभर २० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलाको जियोनी मोवाईलले मुख्य प्रयोजक रहेको छ ।

पोखरामा पहिलो पटक मवाईल एक्स्पो हुन लागेको हो । पत्रकार सम्मेलनमा पोखरा विजनेस कम्प्लेक्स व्यवस्थापन समितिका अध्यक्ष मित्र कुँबर, मेला व्यवस्थापक अमृत बराल, जिओनी मोवाइलका प्रतिनिधि रामजी पौडेल लगायतले मेलाका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...