आयल निगम गगनगौंडा डिपोका प्रमुखको स्वागत र विदाई

लेखनाथ, २४ साउन/नेपाल आयल निगमको गगनगौंडा डिपोमा कार्यालय प्रमुखका रुपमा नवविनोद पोखरेल सरुवा भएर आएका छन् । पोखरेल नेपाल आयल निगमको क्षेत्रिय कार्यालय विराटनगरबाट सरुवा भएर आएका हुन । डिपोमा यसअघि कार्यरत कार्यालय प्रमुख मनोज ठाकुर भने निगमको केन्द्रिय वितरण विभागमा सरुवा भएका छन् ।

आयल निगम गगनगौंडा डिपोका प्रमुखको स्वागत र विदाई
आयल निगम गगनगौंडा डिपोका प्रमुखको स्वागत र विदाई

ठाकुर पेट्रोलियम पदार्थको चरम अभाव भएका बेला गगनगौंडा डिपोमा रहेर काम गरेका थिए । यसैविच गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशले नयाँ कार्यालय प्रमुख पोखरेलको स्वागत र ठाकुरलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । स्वागत तथा विदाई कार्यक्रममा बोल्दै, सरुवा भएर जानु भएका ठाकुरले विगतमा पेट्रोलियम पदार्थको चरम अभावका बेला स्थानीय प्रशासन, डिलर्स एशोसियशन, उपभोक्ता र संचारमाध्यमले आफुलाई ठुलो सहयोग गरेको बताउनु भएको थियो ।

ठाकुरले व्यवसायीहरुको एकताले आफ्नो दुई बर्षको समय सहज ढंगले वितेको उल्लेख गर्नु भयो । यसैगरी नवआगन्तुक कार्यालय प्रमुख पोखरेलले आफु यस क्षेत्रका लागि नयाँ भए पनि विगतका डिपो प्रमुखहरुले जस्तै सहयोग पाउने अपेक्षा व्यक्त गर्नु भएको थियो ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष शुशिल गौचनको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रुद्र घले, गण्डकी टयांकर संघका निर्वतमान अध्यक्ष सुरेन्द्ररमण पराजुली, व्इवसायी बाबुराम जमरकट्टेल, एशोसियशनका निर्वतमान अध्यक्ष जगत बराल लगायतले पेट्रोलियम क्षेत्रको समस्याका बारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...