सिआईएस पत्रकारीता पुरस्कार बन्जरालाई

पोखरा, २४ साउन /सामुदायिक सुचना समाज, पोखरा द्धारा स्थापित सिआईएस पत्रकारीता पुरस्कारबाट यो बर्ष पत्रकार यदुनाथ बन्जरा पुरस्कृत हुने भएका छन । सामुदायिक सुचना समाज, पोखरा द्धारा गठन गरिएको पुरस्कार प्रतिभा छनौट समीतीको सिफारिसको आधारमा सस्थाले बन्जरालाई यो बर्षको पुरस्कार प्रदान गर्न लागेको संस्थाका अध्यक्ष दिपक आचार्यले जानकारी दिए ।

यदुनाथ बञ्जारा
यदुनाथ बञ्जारा

बरिष्ठ पत्रकार कुशुमकेशव पराजुली, नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार राज बहादुर गुरुङ र पत्रकार माधब पनेरु रहेको छनौट समीतीले बन्जरालाई पुरस्कृत गर्न सिफारिस गरेको छनौट समीतीका संयोजक कुशुमकेशब पराजुलीले जानकारी दिए ।  सिआईएसले यो बर्षबाट प्रत्येक बर्ष राष्ट्रिय सुचना दिबसको अबसर पारेर पोखरालाई कर्मथलोे बनाएर खोजमुलक पत्रकारीता गर्दे आएका एक जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरिसकेको छ ।

पुरस्कारको राशि नगद एघार हजार एक सय एघार र प्रमाणपत्र रहेको छ । आगामी भदौ १ गते पोखरा उद्योग बाणिज्य संघको सभाहलमा बिषेश कार्यक्रमको आयोजना गरी राष्ट्रीय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाको हातबाट पुरस्कार प्रदान गरीने सामुदायिक सुचना समाजका महासचिव राजेन्द्र शर्माले जानकारी दिए । बन्जराले देशका बिभिन्न स्थानबाट प्रकाशित करिब आधा दर्जन सञ्चार माध्यममा काम गरिसकेका छन ।

२०५५ बैशाख २ गते बाट पत्रकारीतामा प्रबेश गरेका बन्जराले १८ बर्ष पत्रकारीतामा बिताईसकेका छन । उनले जगन, ज्वाला, देशान्तर, कान्त्तीपुर टाईम्स साप्ताहिकमा काम गरिसकेका छन । त्यसैगरि पोखरामा रही घटना र बिचार साप्ताहिक, पोखरा आवाजराष्ट्रिय दैनिक ,जनमन्थन साप्ताहिकमा काम गरिसकेका छन । हाल बन्जरा बिगत ७ बर्ष देखि पोखराबाट प्रकाशित सराङकोट साप्ताहिकको प्रधान सम्पादक छन ।

कमेन्टहरु
Loading...