पोखरा, २० साउन /विभिन्न कम्पनीका टायरहरु बिक्री गर्दै आइरहेको मोनिका सप्लायर्स पृथ्वीचोक पोखराले टायर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । टायर खोल्नेदेखि फिट गर्ने सम्पूर्ण काम अबदेखि सर्भिस सेन्टरबाट प्रदान गरिने मोनिका सप्लायर्सका सञ्चालक मोहनबाबु खड्काले जानकारी दिए । ‘आधुनिक मेसिनबाट टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ,’ उनले भने, ‘टायर खोल्ने तथा कस्ने काम अबदेखि सवारी धनीले गर्नु पर्दैन ।’

पोखरा तथा आसपासका क्षेत्रका कार तथा जीपलाई लक्षित गरी टायर सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको खड्काले जानकारी दिए । ‘जग उचाल्नेदेखि टायर फेर्ने सबै काम सर्भिस सेन्टरमा अत्याधुनिक मेसिनको माध्यमबाट हुन्छ,’ उनले भने । मोनिका सम्लायर्समा सिएट, बिकेटी, एमआरएफ, अपोलो, जे.के. लगायतका सम्पूर्ण टायर सुपथ मूल्यमा उपलब्ध रहेको खड्काले जानकारी दिए ।
‘मोनिका सप्लायर्सबाट गण्डकी तथा धौलागिरी क्षेत्रमा टायरहरु बिक्री भइरहेको छ,’ उनले भने, ‘सबै प्रकारका सवारीका लागि हामीले टायर बिक्री गर्दै आइरहेका छौं ।’ टायर बिक्री र सर्भिस सेन्टर एकै ठाउँमा सञ्चालन भएपछि सवारी चालक तथा ग्राहकहरु लाभान्वित हुने खड्काको विश्वास छ । त्यसैगरी, टायरमा नाइट्रोजन ग्यास भर्ने सुविधा पनि उपलब्ध रहेको खड्काले जानकारी दिए ।
नाइट्रोजन ग्यासले टायरको चापलाई स्थिर गराउँछ । नाइट्रोजन ग्यासले ग्रिपलाई मजबुत बनाउनुका साथै जुनसुकै मौसममा पनि सुरक्षित राख्न सहयोग मिल्ने खड्काले जानकारी दिए । बारम्बार चापको जाँच गरिरहनु नपर्ने, इन्धन किफायत गराउने, अक्सिकरणको माध्यमबाट भित्री ओसिलोपन हटाउने तथा टायरको आयु बढाउन नाइट्रोजन ग्यासले सहयोग गर्ने खड्काले जानकारी दिए ।