बन्दमा पनि हजारौं भक्तजन बोलबममा

पोखरा, १० साउन/पोखराको बैदामस्थित केदारेश्वर महादेवमणि सेवाश्रम समितिले साउन महिनामा आयोजना गरेको बोलबम कार्यक्रममा हजारौं भक्तजन सहभागी हुने गरेका छन् । विप्लव माओवादीको बन्द बाबजुद पनि हजारौं भक्तजन गाईघाटबाट जल लिएर पैदलयात्रामा मन्दिर पुगेका थिए ।

बोलबम
बोलबम

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ साउनको दोस्रो सोमबार पनि शिवलिङ्गमा जल चढाउन र पूजाआजा गर्न मन्दिरको चारवटै द्वारमा बिहानैदेखि भक्तजनको लामो पंक्ति देखिन्थ्यो । मन्दिरमा जल चढाउन र पूजाआजामा सोमबार दिउँसो अबेरसम्म उनीहरु लाइनमै बसेका थिए ।

गेरुबस्त्र धारण गरेका भक्तजनले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेको बोलबम संयोजक शंकर खरालले बताए । मन्दिर व्यवस्थापन समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई झण्डै डेढ दशकदेखि व्यवस्थापन गर्दैआएको छ । सधैँझैं गाइघाटदेखि झाँकी र भजनकीर्तनसहित बोलबम ¥याली निकालिएको थियो । बन्दमा पनि टाढा टाढाबाट हिडेरै भक्तजन सहभागी थिए ।

उनीहरुले शुक्लागण्डकीमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रासहित बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिंगमा जलार्पण गर्दै मनोकांक्षा ब्यक्त गरेका हुन् । शोभायात्रामा भक्तजन सडकमा भजनकीर्तन गर्दै नाचगान गरी मन्दिर पुगेका थिए । बोलबम कार्यक्रममा श्रीराम अधिकारीको नेतृत्वको टोलीले भजन कीर्तन गरेको थियो ।

भक्तजनलाई यसपटक कवाड व्यवसायी संघ कास्कीले प्रसादको व्यवस्था मिलाएको सचिव रोहितकुमार चौधरीले जानकारी दिए । साथै उनीहरुलाई विभिन्न संघसंस्था तथा व्यक्तिले सर्वतपानी खुवाएका थिए भने सामाजिक जागरणका लागि नारी अभियानले असहायलाई सहयोग ग¥यो ।

मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले शिव महिमाबारे प्रवचन सुनाए । यसपालि साउनमा ५ सोमबार परेको छ । साउनको महिनालाई भगवान शिवको महिना मानिने हुँदा भक्तजनले उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिंगमा चढाउने चलन छ । यसो गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ ।

कमेन्टहरु
Loading...