ट्राफिक राजश्वमा भुकम्प र नाकाबन्दीको असर

रोशन लामिछाने
स्याङ्जा, ७ साउन/२०७२ मा आएको भुकम्प, त्यस पछिका पराकम्पन र आर्थिक वर्ष २०७२÷७३ मा भारतले अगाएको अघोषीत नाका बन्दीले ट्राफिकको राजश्व संकलनमा असर पारेको छ । जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले उठाउदै आएको राजश्वमा कमी आएपछी भुकम्प र नाकाबन्दीको असर देखीएको हो ।

जिल्ला ट्राफिक कार्यालले अघिल्लो आ.व.मा १६ हजार दुई सय २२ सवारी साधनहरुलाई कारबाहीको दायरामा ल्याई ६७ लाख ३३ हजार चार सय रुपैया राजश्व संकलन गरेको थियो भने २०७२÷७३ मा सात हजार एक सय ४८ सवारी साधनहरुलाई कारबाही गर्दा ३६ लाख पाच हजार नौ सय रुपैया राजश्व संकलन गरेको छ । नाकाबन्दी र भुकम्पले गर्दा २०७२÷७३ मा राजश्व संकलनमा कमी आएको कार्यालयले जनाएको छ ।

‘अघिल्लो आर्थिक वर्ष २०७१÷७२ मा ट्राफिक नियम कडाईका साथ लागु गरेका थियौं, त्यसैले राजश्व धेरै संकलन भयो ।जिल्ला ट्राफिक कार्यायल स्याङ्जाका प्रमुख नारद कार्कीले भने, ‘२०७२÷७३ मा भुकम्प र नाकाबन्दीका कारण थोरै सवारी साधन कारबाहीमा परेकाले धेरै राजश्व उठाउनबाट ट्राफिक चुक्यो । अवका दिनहरुमा धेरै राजश्व संकलनमा ध्यान दिने कार्कीले वताए ।

आर्थिक वर्ष २०७२÷७३ मा एक हजार ६६ ट्रकबाट पाच लाख १५ हजार नौ सय, एक हजार दुई सय छ बसबाट पाच लाख ४५ हजार आठ सय, एक हजार आठ सय ५२ जिप, कार र भ्यानबाट नौ लाख ४७ हजार दुई सय रुपैया राजश्व संकलन भएको छ । सोही अनुसार दुई सय ७० ट्याक्टरबाट एक लाख ३१ हजार सात सय र दुई हजार सात सय ५४ मोटरसाईकलबाट १४ लाख ६५ हजार तिन सय रुपैया राजश्व संकलन भएको ट्रफिक कार्यालयले जानकारी दिएको छ ।

मानविय घटना भने उस्तै उस्तै

ट्राफिक कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०७१÷७२ र २०७२÷७३ मा मानविय दुर्घटना भने उस्तै उस्तै भएको जनाएको छ । ०७१÷७२ मा १९ जनाको मृत्यू भएको थियो भने ०७२÷७३ मा २० जनाको मृत्यू भएको छ ।

त्यसै गरी ०७१÷७२ मा ५४ जना सख्त घाईते र ५८ साधारण घाईते भएका थिए भने ०७२÷७३ मा ४३ जना सख्त घाईते र ३७ साधारण घाईते भएका छन् ।

अघिल्लो आ.व.मा ३४ वटा सवारी साधनहरु दुर्घटनामा परेका थिए भने आठ ट्रक, चार बस, ११ जिप, भेन र कार र १३ मोटरसाईकल गरी ३७ वटा सवारी साधनहरु दुर्घटनामा परे ।

कमेन्टहरु
Loading...