पोखरा, ३ साउन/फेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७२÷७३ मा अपरिष्कृत संचालन मुनाफामा गत वर्षको सोहि अवधीको तुलनामा करिव ४० प्रतिशतले वृद्धी गरी.रु ४८ करोड ११ लाख आर्जन गर्न सफल भएको छ ।
त्यस्तै गरी निक्षेपमा गत आषाढ मसान्तको तुलनामा रु २ अर्ब ३६ करोडले वृद्धी भइ रु. ११ अर्ब ७३ करोड पु¥याएको छ भने कर्जातर्फ गत आषाढ मसान्तको तुलनामा रु २ अर्ब ११ करोडले वृद्धी भइ रु.१० अर्ब २२ करोड पु¥याएको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।
वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।