सागर राज तिमिल्सिना
पोखरा, ३१ असार /कास्कीको पार्चे गाविसको मादी नदि उर्लिदा गाउँ नै जोखिममा परेको छ ।
![मादी नदि उर्लिदा कास्कीको सोधा गाँउ नै जोखिममा, एक घर बगायो](https://ganthan.com/wp-content/uploads/madi-nadi-la-suda-gau-ni-bistapit.jpg)
बिहीबार राती मादी नदिको मुहानमा पानीआइ मादी उर्लिए पछि गाउँ नै जोखिममा परेको हो । शुक्रबार विहान पटख गाउँ नजिकै पहिरो गएको हो । मादी नदिले कन्याकुमारी गुरुङको घर बगाएको स्थानीय ओम प्रसाद गुरुङले जानकारी दिए ।
जोखिममा परका २० घरका परिवार नजिकैको विद्यालयमा बसेको उनले बताए । तस्बिर :- दिलिप गुरुङ ताङतिङ