उद्दार सिक्न सशस्त्रको जोखिम अभ्यास, उद्दार चाहिए १११४ मा फोन गर्नोस्

विजय नेपाल
पोखरा, १५ असार/पोखरा र लेखनाथमा बढी तालतलैया छन् भने पोखरा बीचबाट सेती नदी बग्दछ । सेतीका खोंच ठाउँठाउँमा जोखिमपूर्ण छन् । धेरै मानिसले उद्दार अभावमा ज्यान गुमाउनु परेको छ । फेवाताल र बेगनासतालमा पटक–पटक मानिस डुबेर अकालमा मर्छन् ।

फुस्रे खोलामा पौडिने क्रममा धेरैजना पानीमा डुबेको घटना बेलाबेलामा सुनिने गरेको छ। त्यसबेला तत्काल उद्दारको खाँचो पर्दछ । सशस्त्र प्रहरी बलको पश्चिम क्षेत्रीय विपद् व्यवस्थापन टीम तपाई हाम्रो सुरक्षाका लागि चौबीसै घण्टा तैनाथ छ । खासगरी पश्चिमाञ्चल क्षेत्रमा हुने कुनै पनि मानवीय आपतविपद्का घटनामा तत्काल उद्दारका लागि पोखराको मालेपाटनस्थित सशस्त्र प्रहरी बल कालिकागणमा रहेको उक्त प्लाटुनमा ४२ जना सुरक्षाकर्मी छन् ।

उद्दार सिक्न सशस्त्रको जोखिम अभ्यास
उद्दार सिक्न सशस्त्रको जोखिम अभ्यास

तत्काल उद्दार चाहिए हटलाइन नं. १११४ मा फोन गरे जतिसक्दो चाँडो उद्दार टोली घटनास्थल पुग्ने विपद् व्यवस्थापन टीमका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक सुदन आचार्यले बताए । उनका अनुसार पोखराका जुनसुकै वडामा पनि सूचना पाएपछि बढीमा १० मिनेटभित्र उद्दार सामग्रीसहित उद्दार टोली घटनास्थल पुग्नेछ । पोखरा र यस आसपासको क्षेत्र बढी जोखिम क्षेत्र भएकोले यस क्षेत्रमा विभिन्न प्रकारका घटना दुर्घटना भैरहेका हुन्छन्, तत्काल उद्दार हुन नसके थप मानवीय तथा भौतिक क्षति व्यहोर्नुपर्छ’–उनले भने–‘यसकारण हामीहरु हरेक समय रेडी पोजिसनमा हुन्छौं, तपाई हामीलाई मात्र सूचना दिनुहोस् ।’

कालिकागणका सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक श्रीराम कुँवर भन्छन्–‘कास्की र यस आसपासका स्थानमा बढी खोच, नदीनाला, ताल, भिरालो जमिनलगायतले उच्च विपद् जोखिमको रुपमा रहेको छ । हामीले पनि रेस्यु टिमलाई फरक–फरक अभ्यासको तालिम दिएर पुनर्तागजी गराउँदैआएका छौं ।’ यस्तै, फेवातालमा दुई दिनअघि सशस्त्र प्रहरीले लगातार ¥याफ्टिङ र स्वीमिङ अभ्यास गरेको छ भने सशस्त्र प्रहरीको लामापाटन नजिक सेती किनारमा ¥याप्लिङ र क्याइम्बिङ भ्याएको छ ।

टिम कमाण्डर प्रहरी निरीक्षक आचार्यको कमाण्डमा तालिमका सहभागीले उद्दार अभ्यासका लागि प्रशिक्षण लिएको डीएसपी कुँवरले जानकारी दिए । ¥याप्लिङ खोंचमा डोरीको सहयोगमा पुगेर उद्दार गर्ने कला हो । क्याइम्बिङ भित्ता चढेर तथा ¥याफ्टिङ र स्वीमिङबाट पानीमा गएर उद्दार गरिन्छ । उद्दारमा विशेषतः आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिइन्छ । त्यसकारण निरन्तररुपमा घटनापूर्व जोखिमपूर्ण अभ्यास हुनुपर्र्छ । उद्दारका आवश्यक सामग्री डोरी, बोट, ज्याकेट, हेलमेट, काट्ने औजारसहित गएको उद्दार टोलीले कसरी उद्दार गर्ने र जोखिम न्यूनीकरण कसरी गर्ने भन्नेबारे हालै फेवाताल तथा सेती किनारमा अभ्यास गरेको हो ।

उद्दार सिक्न सशस्त्रको जोखिम अभ्यास
उद्दार सिक्न सशस्त्रको जोखिम अभ्यास

विपद् व्यवस्थापन टोलीमा संलग्न प्रहरीले कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रमा आवश्यक प्रशिक्षण लिनुपर्दछ । तीन महिनासम्म हुने उक्त तालिमपश्चात विभिन्न क्षेत्रमा खटाइन्छ । खटिएका टोलीले बेलाबेलामा यस्तै प्रकारको पुनःर्ताजगी तालिममा अभ्यासमा लीन हुन्छन् । मुटु कपाउने स्थानमा पनि उनीहरु सहजै डोरीको सहयोगमा ¥याप्लिङ गर्नुका साथै क्याम्बिङ अभ्यास गर्छन् । तालिममा सहभागीमध्येका प्रहरी सहायक निरीक्षक विपिन खनाल भन्छन्–‘हामीहरु मानवीय क्षति टार्न तम्तयार हुन्छौ । तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नु आफूहरुको कत्र्तव्यसँगै धर्म हो ।’ पोखराको मालेपाटनस्थित सशस्त्र बल कालिकागणमा २०६८ सालदेखि उद्दार टोली व्यवस्थापन गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक फणिन्द्रराज पौडेलले बताए । नेपालमा छ स्थानमा रेस्क्यु टोली तैनाथ छ ।

कमेन्टहरु
Loading...