अपाङ्गता भएका बालबलिकालाई स्टेशनरी सामाग्री वितरण

पोखरा, १४ असार/अपाङ्ग समन्वय समिति पोखरा—१६ ले अपाङ्गता भएका बालबलिकालाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

समुदायमा आधारित पूर्नस्थापना सेवाको सहयोगमा प्राप्त सामाग्री त्यस क्षेत्रका आठ जना बालबालिकालाई विन्धवासिनी उच्च मा.वि.का प्राचार्य खिमलाल अधिकारी, सि.बि.आर.एस. का समावेशी व्यवस्थापक विदुर कोईरालाले हस्तान्तरण गर्नुभयो ।

समितिका अध्यक्ष शारदा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारीले बालबलिकालाई विद्यालयमा आकर्षित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।

समावेशी व्यवस्थापक विदुर कोईरालाले अपाङ्गता भएका बालबालिका अझै पनि शिक्षाको मूलधारमा नसमेटिएको बताउनुभयो ।

कार्यक्रममा फिल्ड अफिसर योगमाया गुरुङ, सामाजिक परिचालक मञ्जु नेपाली र समितिका उपाध्यक्ष अर्जुन कुवँर लगायतले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...