युनाइटेड नौँ बर्षमा प्रबेश

शशी पौडेल /असार १४ पोखरा /युनाइटेड बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड नौ बर्षमा प्रबेश गरेको छ । पोखराको न्युरोडबाट सेवा दिदै आएको सहकारीले सोमबार कार्यलयमा नबौँ औँ बार्षिक उत्सव मनाएको छ ।

संस्थाका अध्यक्ष पदम बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राजेन्द्रमान श्रेष्ठले देश आर्थिक विकासको मेरुदण्को रुपमा सहकारी स्थापित भएकाले सामाजिक आर्थिक तथा शैक्षिक विकास , रोजगारी सिर्जना गर्दै आगामी आर्थिक बर्षमा संस्थाले सेयर सदस्यता बढाउदै कर्जा, निक्षेप ५ करोड बडी पुर्याउने , सेयर पुँजीमा बृद्धि गर्दै ३ करोड पुर्याने लक्ष्य राखिएको बताए ।

कार्यक्रममा सेयर सदस्यका तर्फबाट किसान सिंह गुरूङ ,लेखा समिती सदस्य सुसील कुमार श्रेष्ठ लगाएतले सहकारीले आगामी दिनमा रचानात्मक र सेयर सदस्यहरूका हितमा काम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । उक्त अबसरमा ७ जना नब प्रबेसी सेयर सदस्यलाई स्वागत एवं मायाको चिनो प्रदान गएिको थियो ।

६ जना सेयर सदस्यले हालको सेयरमा रकम थप गरी दुई लाख पुर्याएको बरिष्ठकर्जा ब्यबस्थापक दिनेश शर्माले जानकारी दिए । २०५७ सालमा दर्ता भई २०६२ बाट सेवा प्रारम्भ गरेको संस्थाले ६५ साल आजकै दिनबाट युनाइटेड बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडबाट कारोबार संचालन गरेको थियो ।

कमेन्टहरु
Loading...