१२ शवसँगै २४ नेपाली अफगानिस्तानबाट नेपाल फर्किए

काठमाडौ, ८ असार/अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको १२ नेपालीको शव नेपाल ल्याएको छ ।

नेपाल वायु सेवा निगमको विमान काबुलबाट नेपाल दिऊसो ३ बजे काठमाडौं आइपुगेको हो । शव बुझ्दा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा पनि विमानस्थल पगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उक्त विमानमा २४ नेपाली कामदार पनि घर फर्किएका छन् ।

सरकारले नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न भनेको थियो । काबुल आक्रमणमा घाइते भएका पाँच नेपालीलाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ ।

कमेन्टहरु
Loading...