दक्षिण कोरियामा पोखराको प्रवद्र्धन गर्दै नाट्टा पोखरा

पोखरा, २ असार/पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ दक्षिण कोरिया गएको नाट्टा क्षेत्रिय संघ पोखराको टोलीले कोरियाको विभिन्न शहरहरुमा प्रवद्र्धनात्मक कार्यक्रमहरु गरेको छ । टोलीले बुधबार दक्षिण कोरियाकै प्रतिष्ठित कोट्फा ट्राभल मेलामा सहभागिता जनायो भने त्यहाँस्थित विभिन्न सञ्चार माध्यम तथा टुर अपरेटरहरुसंगको भेटमा आपसी सहयोग र सद्भावका विषयमा छलफल सम्पन्न गरेको छ ।

नाटा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको आयोजनामा र नेपाल पर्यटन बोर्ड को प्रबद्र्धनमा आयोजना गरिएको कार्यक्रममा कोट्फा ट्राभल मेलामा २०१६ का प्रमुखले नेपालमा गत बर्ष गएको शक्तिशालि भुकम्प र अन्य कारण थलिएको पर्यटनलाई प्रबद्र्धन गर्न कोरियाली पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गरे । सोहि अबसरमा नाट्टा क्षेत्रिय संघ पोखराका अध्यक्ष डिल्लीप्रसाद गौतमले पर्यटकहरुका लागी नेपाल सुरक्षित गन्तव्य रहेको र नेपाल भ्रमण गरि नेपालको बारेमा बुझ्न आग्रह गरे ।

दक्षिण कोरियामा पोखराको प्रवद्र्धन गर्दै नाट्टा पोखरा
दक्षिण कोरियामा पोखराको प्रवद्र्धन गर्दै नाट्टा पोखरा

त्यसै गरि कोरिया स्थित नेपाली दुतावासका साहयक प्रमुख किरण शाक्यले दुई देश बिचको मित्रता अझ प्रगाढ बनाउनका लागी कोरियाली पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गराई तथ्य सत्य सुचना प्रबाह गरिदिन त्यहाँ स्थित सञ्चार माध्यमहरुलाई आग्रह गरे । उनले गएको शक्तिसाली भुकम्पका बेला कोरियाली सरकार तथा कोरियाली जनताबाट प्राप्त सहयोगका लगी धन्यबाद ज्ञापन गरे । कार्यक्रममा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव चिरन्जीवी खनालले नाट्टा टोली उद्येश्य प्राप्तीको कामना गरेका थिए ।

त्यस्तै, नेपाल पर्यटन बोर्ड क्षेत्रिय कार्यालयका प्रमुख उदय भटराईले नेपालको बिगत बर्तमान र आगामी कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कोरियाका टुर अपरेटर संञ्चारकर्मि कोरिया स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधी एवं टुरमा सम्मेलित सहभागी सहित करिव १५० जनाको सहभागीता रहेको थियो । सहभागीहरुद्वारा गरिएको गोला प्रथामा २ जना कोरियाली टुर अपरेटरहरु बिजयी भए । उनीहरुलाई नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघद्वारा ७ दिनको पोखरा–काठमाण्डौ–धम्पुस टुर प्याकेजद्वारा सम्मानित गरिएको छ ।

कार्यक्रमलाई सम्पन्न गर्न नेपाल पर्यटन बोर्ड कोरियाका जनसम्र्पक प्रतिनिधि केपी सिटौला लगाएतलाई टुर संयोजक पोमनाराण श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए । संघका महासचिव सुवास भण्डारी र टुर सह–संयोजक सन्तोष पोखरेलले प्रवद्र्धनात्कम भ्रमण कार्यक्रमका बारेमा प्रकास पारेका थिए । टोलीले यसअघि सियोलमा त्यहाँका सरोकारवालालाई भेट गरि अन्र्तक्रियात्मक छलफल तथा प्रवद्र्धनात्मक सामग्रीको प्रदर्शन एवं वितरण गरेको थियो । दुई दिने बुसान कार्यक्रमपछि टोली बिहिबारनै इन्च्योन पुगेको छ ।

कमेन्टहरु
Loading...