कास्की फाइनान्स र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविच सम्झौता

पोखरा, २६ जेठ/पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको कास्की फाइनान्स लिमिटेड र नेपाल सरकार अन्र्तगतको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविच भुकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तर्फवाट प्राधिकरणका उपसचिव भिष्म कुमार भुसाल तथा कास्की फाइनान्सको तर्फवाट वित्तीय संस्थाका अध्यक्ष मदन शर्मा खनालले हस्ताक्षर गरेका छन् ।

अनुदान रकमको भुक्तानी फाइनान्सको धादिङवेसी शाखाबाट गरिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले केन्द्रीय कार्यालय सहित ११ वटा शाखा कार्यालयहरुबाट वैकिङ सेवा प्रदान गरिहेको छ ।

कमेन्टहरु
Loading...