पोखरा , २२ जेठ /चिप्लेढुङ्गा बि पी चोकदेखि सिद्धार्थ चोकसम्म करिब १ सय को हाराहारीमा छरिएर रहेका ब्यबसायीहरु एक भएका छन् । भेलाले चिप्लेढुङ्गा सिद्धार्थ चोक ब्यबसायी समिति गठन गरेको छ । वयबसायिक हकहितका साथै सामाजिक क्षेत्रमा काम गर्ने उद्वेश्यका साथ सँस्था गठन भएको अध्यक्ष डि बि भुजेलले बताए ।
समितिको उपाध्यक्षमा पूर्ण थापा, सचिवमा मोति भुजेल, कोषाध्यक्षमा लक्ष्मण न्यौपाने, सहसचिवमा दुर्गा सुनुवार, सहकोषाध्यक्षमा प्रमोद लिगल र सदस्यहरुमा राजेन्द्र बजिमय, मनोज श्रेष्ठ लक्ष्मण श्रेष्ठ, पिताम्बर लामिछाने, बिष्णु अधिकारी विश्व राना, किरणराज लामिछाने, नबिन श्रेष्ठ अनिल ढेवाजु, चयन भएका छन् ।

समाजिक उत्तरदायित्व बहन गर्दै अघि बढ्ने सो समितिको सल्लाहकारमा कृष्ण बहादुर गुरुङ, शुवर्ण प्रसाद कोइराला, गणेस छबी, श्यामलाल श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, तेजकुमार मल्ल र रुद्र गुरुङ रहेका छन् ।