आर्थिक वर्ष २०७३/७४ बजेट संसदमा प्रस्तुत (के के छन् त बजेटमा )

पोखरा, १५ जेठ /सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को आयव्ययको वार्षिक विवरण ९बजेट० व्यवस्थापिका संसदमा पेस गरेको छ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेका हुन् । सभामुख ओनसरी घर्तीले अर्थमन्त्री पौडेललाई समय दिएपछि उनले प्रस्तुति सुरु गरेका हुन्।

नुवाकोट र बांकेमा कारागार निर्माण गरिेन । ४ वर्षमा निर्माण सक्ने लक्ष्य

राजधानी प्रवश गर्ने प्रमुख नाकामा भेकइकल परीक्षण गर्ने स्वचालित प्रणाली जडान गर्ने ।

नागरिकता वितरण पूर्ण रुपमा कम्प्युटर प्रणालीबाट गरिने ।

इटहरी र सुर्खेतमा सेनाको एयर बेस स्थापना गरिने । राष्ट्रिय सेवा दलको कार्यक्रम विस्तार ।

प्यास्टिक झोला आयात निर्यात र उपयोग बनाउन नपाइने

विज्ञान प्रविधिमा नया कार्यक्रम केही देखिएन । वाणिज्य, आपूर्ति, वन र विज्ञान-प्रविधिका कार्यक्रम

बृद्धबृद्धाको बीमा र वृद्धाश्रम निर्माण अघि बढाइने ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम ३ करोड र

सांसद विकास कोष ५० लाख

मुस्ताङ र सोलुमा हाइ अल्टिच्युड स्पोट्र्स सेन्टर

२०१८ मा १३ औैं सागका लागि बजेट । सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड विनियोजन

२६ अर्ब ५० करोड विनियोजन गरि विद्यालय क्षेत्र विकास कार्यक्रम सुरु गरिने ।

एक प्रदेश एक मेडिकल, पोलिक्लिकल

स्नातकोत्तर तहमा शैक्षिक अध्धयनरत विद्यार्थीलाई ६ महिना स्वमसेवक नाएर गाउँमा खटाइने ।

तनहुँको दमौली सहित तीन स्थानमा इन्धन भण्डारण केन्द्र बनाउन आवश्यक काम गरिने

भुउपोग नक्सा बनाइ, जग्गाको बर्गिकरण गर्ने

एक प्रयोजनको लागि वर्गीकरण गरिएको जग्गा अर्को प्रयोजनको लागि प्रयोग गर्न पाइने छैन ।

कृषि जमिन बााझो राख्न नपाइने । २५ प्रतिशत जरिवना गर्ने । यो अभिलेख, मालपोत कार्यलय स्थानीय निकाले राख्नेछन् ।

रारा ताल क्षेत्रमा पर्या पर्यटनका लागि पुर्वाधार निर्माण थालिनेछ ।

आगागी एकवर्ष भित्र अण्डा, दुईवर्षमा मासु , तीन वर्षमा दूधमा आत्मनिर्भर बनाइने । ८ अर्ब ४६ करोड रुपैयाा बिनियोजन ।

पोखरा, लेखनाथ र आसपासका क्षेत्रलाई समेटेर महानगरपालिका

झापा र कास्कीमा बांगुर पालनको विषेश योजना

कास्कीमा बाख्रापालन केन्द्र

सांसदहरुको घर भाडा भत्ता बढ्यो । तर, कति भन्ने अर्थमन्त्रीले खुलाएनन

जेष्ठ नागरिक, एकल, अपाङ्ग्लाई दिइने भत्ता दोब्बर । ३२ अर्ब ७० करोड । सबै सामाजिक भक्ता बैंक खाताबाट उपलब्ध गराइने ।

विभन्न नेताहरुको नाममा प्रतिष्ठानहरुलाई ५० करोड अनुदान दिने कार्यक्रम वितरणमुखी । अहिलेसम्म घोषित कार्यक्रममध्ये यो एक मात्र वितरणमुखी कार्यक्रम हो

आफ्नो गाउा आफैं बनाउा अन्तरगत सबै गाविसलाई अनुदान दोब्बर बनाउने । गाविसका लागि १५ अर्ब ५५ करोड  रुपैयाा छुट्याइएको छ । गााउ विकास मितिलाई प्रशासनिक संरचनालाई स्तरउननती गर्ने

काठमाडौं र सबै उपमहानगरपालिकामा मोबाइलमा फोर जी सेवा सुरु गर्ने ।

पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचार गराउंदा ५० प्रतिशत छुट

नेपाल बायु सेवा निगमलाई कम्पनीमा ढााचामा लैजाने । २ वर्ष २ वटा वाइड बडी किन्ने योजना ।

 

कमेन्टहरु
Loading...