कर्मचारीको तलब २० प्रतिशतले बढ्ने

काठमाडौ, १५ जेठ /सरकारले बजेट मार्फत राष्ट्रसेवक कर्मचारीको तलब २० प्रतिशत बढाउने भएको छ ।

तर, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवसहित मुख्य सचिवसमेत रहने सुझाव समितिले भने २५ प्रतिशतसम्म तलव बढाउन सिफारिस गरेको छ ।

सिधै तलब २५ प्रतिशत बढाउन अप्ठेरो पर्ने भए पोशाक भत्ता, महंगी भत्ता, ग्रेड बढाएर २५ प्रतिशत पुर्‍याउन सिफारिस गरिएको छ । कर्मचारीको तलब बढ्दा महंगी बढ्ने भन्दै सर्वसाधारणले आलोचना गरिरहेका बेला सरकारले महंगी भत्ता, पोशाक भत्ता र ग्रेडमात्रै बढाएर भए पनि तलब बढाउने ‘चोरबाटो’ समाएको हो ।

कमेन्टहरु
Loading...