मेलमिलाप विवाद समाधानको अचुक औषधी ः न्यायाधीश कर्ण

पोखरा, १४ जेठ/मेलमिलाप सम्बन्धी गाउँमा जाउँ छलफल कार्यक्रम विहिबार लेखनाथ नगरपालिकामा सम्पन्न भएको छ । असहाय सेवा केन्द्र (सुस) को आयोजना तथा मेलमिलाप परिषदको सहयोगमा यो कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा कास्की जिल्ला अदालतका न्यायाधीश नागेन्द्र लाल कर्णले मेलमिलाप विवाद समाधानको अचुक औषधी भएको बताए । ‘मेलमिलाप विवाद समाधानको अचुक औषधी हो’ उनले भने ।

मेलमिलापले दुवै पक्षले जीत्ने अवस्थाको सिर्जना गराउने भएकोले विवादको समाधान मेलमिलापको माध्यमबाट गाउँमानै गर्न उनले सुझाए । समझदारी नभएर मुद्दा दर्ता गर्नुपर्ने अवस्था आएमा अदालतले वैतनिक कानून व्यवसायिको व्यवस्था गरेको उनले सहभागीलाई जानकारी दिए । अदालतले सेवाग्राहीको सहजताको लागि हाल ४० प्रकारका निवेदन निशुल्क वितरण गरेको प्रसंग झिग्दै अदालतले सेवाग्राहीको न्यायमा सहज पहुँच पु¥याउनका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए ।

मेलमिलाप विवाद समाधानको अचुक औषधी ः न्यायाधीश कर्ण
मेलमिलाप विवाद समाधानको अचुक औषधी ः न्यायाधीश कर्ण

असहाय सेवा केन्दका कोषाध्यक्ष उषा मल्ल पाठकले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । नेपाल बार एशोसिएसनको उपाध्यक्ष समेत रहेकी उनले मेलमिलापले समय र पैसा दुवैको बचत गराउने बताइन् । छलफल कार्यक्रममा कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले कार्यपत्र माथी टिप्पणी गरेका थिए । सामुदायिक मेलमिलापले आफ्नो गल्ति आफैलाई महशुस गराइदिने भएकोले यस्को महत्व बढ्दै भएको उनले बताए ।

असहाय सेवा केन्द्रका महासचिव सविता भण्डारी बरालले विवाद समाधानको उपयुक्त विकल्प मेलमिलाप भएको बताइन् । विवादको समाधान गाउँमानै गर्नुपर्छ, अदालतमा मुद्दा हाल्नु नपर्ने वातावरण बनाउनपर्छ भन्दै सुसले मेलमिलापको क्षेत्रमा कार्य गर्दै आएको उनले बताइन् । मेलमिलाप परिषदका लेखा अधिकृत यादव न्यौपानेले दुपै पक्षलाई जीतको महशुस मेलमिलापले गराउने हुदाँ विवादको समाधान गाउँमा नै गर्न जोड दिए । कार्यक्रममा लेखनाथ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लोक बहादुर भण्डारी, नगरपालिकाका कानून अधिकृत राममणी अधिकारी, लेखनाथ उद्योग वाणीज्य संघका अध्यक्ष लक्ष्मि प्रसाद त्रिपाठी, नेपाली काग्रेस लेखनाथ नगर सभापति राजेन्दमणी लामिछाने, नेकपा एमाले लेखनाथ नगर अध्यक्ष शंकरनाथ पौडेलले आ–आफ्नो भनाइ राखेका थिए ।

छलफलमा सहभागी शंकरनाथ पौडेल, बाबुराम गिरी, बालकृष्ण गौतम, शैलेन्द्र मोहन भट्टराई, मिना भट्टराई, सोमत श्रेष्ठ, रुद्र नाथ पौडेल, चिरञ्जिवी तिवारी, राजेन्द्रमणी लामिछाने, छवी लामिछाने, लक्ष बहादुर केसी, प्रयागराज भण्डारी, हरिदेवी अधिकारी, सावित्री भण्डारी र मेख बहादुर गुरुङ लगायतले आ–आफ्ना अनुभव र जिज्ञासा राखेका थिए । उनीहरुका जिज्ञासालाई जिल्ला न्यायाधीश नागेन्द्र लाल कर्ण, कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपाल, आयोजक संस्थाका महासचिव सविता भण्डारी बराल, कोषाध्यक्ष उषा मल्ल पाठक र जिल्ला बार कास्कीका अध्यक्ष सोम प्रसाद श्रेष्ठले मेटाएका थिए । जिल्ला न्यायाधीश नागेन्द्र लाल कर्णको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला बार कास्की अध्यक्ष सोम प्रसाद श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...