पोखरा, १३ जेठ /पोखरामा १४ गते शुक्रबार बाबा ग्यास बाड्ने भएको छ ।
बाबा ग्यास कम्पनीका २ हजार ७ वटा सिलिण्डर बाड्न लागेको कम्पनीले जानकारी दिएको छ ।
पोखराको बगर, लेकसाइड, जिरो किलो मिटर, रामबजार, छोरेपाटन लगाएका डिलरबाट वितरण गर्ने कम्पनीले जनाएको छ ।