पेट्रोलिय पदार्थमा भएको चुहावट रोक्न ट्याङकरमा लग गर्ने तयारी

पोखरा, ११ जेठ/पेट्रोलिय पदार्थमा भएको चुहावटलाई रोक्न पेट्रोलिय पदार्थ वोक्ने ट्याङकरहरुमा लग गर्ने सिस्टम जडान गरीने भएको छ । सोमबार पोखरामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय डिलर्स एशोसियसनका केन्द्रीय द्धितिय उपाध्यक्ष कपिल अधिकारीले पेट्रोलिय पदार्थमा भएको चुहावटलाई केहि हदसम्म नियन्त्रण गर्न पेट्रोलियम पदार्थ वोक्ने सवारी साधन ट्याङकरहरुमा लक गर्ने तयारी गरेको बताए ।

भारतबाट लोड भएर आएको पेट्रोलिय पदार्थको सहि परिमाण नभएकोले व्यवसायीले पाउने कमिसन समेत नपाएकोले यस व्वसायमा हाल घाटा सहनु परेको बताउदै उनले सरकार र आपुर्ति मन्त्रालयसम्म आफुहरुले पेट्रोलिय पदार्थमा भएको समस्यालाई समाधान गर्न खोजेको जनाए । प्रति ट्याङकर लक गर्दा ६० देखि ७० हजार खर्च हुने भएको द्धितीय उपाध्यक्ष अधिकारीले बताए । कम्तीमा ३ महिना भित्र आफुहरुले ट्याङकरहरुमा लग गर्ने भएको उनले बताए ।

पेट्रोलियम व्यवसायीहरुले आफुहरुको व्यवसाय नै संकटमा पर्न लागेकोमा गम्भीर हुदै यही जेठ मसान्तर भित्र आफुहरुको माग पुरा नभए आन्दोलन गर्ने भएको गण्डकी ट्याङकर व्यवसाय संघका अध्यक्ष एवं नेपाल राष्ट्रिय डिलर्स एशोसियसनका केन्द्रीय सदस्य सुनिल गुरुङले बताए । अध्यक्ष गुरुङले धेरै बर्ष देखिको आफुहरुको माग अब पनि पुरा नभए आफुहरु सशक्त आन्दोलनमा होमिने चेतावनी दिएका छन । उनले भने “अब हामीले धेरै अन्याय सहन सक्दैनौं, कि हामीले पेट्रोलिय पदार्थको मुल्य बढाउनु पर्छ अन्यथा सरकारले कुटनितिक पहल गरी नापतौलमा भारत र नेपाल बिच एकरुपता ल्याउनु पर्छ ।”

पछिल्लो ६ महिना देखि भारतबाट आउने पेट्रोलिय पदार्थमा तोकिएको परिमाण भन्दा कम आउन थालेकोले यसमा आफुहरुको गम्भीर ध्यानआकर्षण भएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन । भारतीय आयल निगमले नेपाल आयल निगमको मापदण्ड अनुसार पेट्रोलिय पदार्थमा सहि परिमाण नदिएको कारण व्यवसायहरुलाई हाल धेरै मार परेकोले यथासिघ्र नेपाल सरकारले कुटनितिक पहल गरी नाप तौलमा एकरुपता ल्याउनु पर्ने संघका सचिव मन काजी क्षेत्रिले बताए । संघका निवर्तमान अध्यक्ष सुरेन्द्र रमण पराजुली, उपाध्यक्ष जनकराज शर्मा, गण्डकी तथा धौलागिरी पेट्रोलियम डिलर्स एसोशिएसन पोखराका अध्यक्ष शुसिल गौचन लगायतले एशोसिएसनकोे द्धितिय उपाध्यक्षमा कपिल अधिकारी, निर्वाचित सदस्य सुनिल गुरुङ र मनोनयन सदस्य राजन गंगजुलाई एक समारोहका विच खादा तथा अविर लगायर बधाई तथा शुभकामना प्रदान गरीएको हो ।

कमेन्टहरु
Loading...