पोखराको प्रचार गर्न पर्यटन व्यवसायी अमेरिकातर्फ

पोखरा, ४ जेठ ः प्यासिफिक एसिया ट्राभल एसोसिएशनको वार्षिक सम्मेलनमा भाग लिन पोखरेली पर्यटन व्यवसायीको चार सदस्यीय टोली सोमबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेको छ ।

पोखराको प्रचार गर्न पर्यटन व्यवसायी अमेरिकातर्फ
पोखराको प्रचार गर्न पर्यटन व्यवसायी अमेरिकातर्फ

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीको नेतृत्वमा अमेरिका प्रस्थान गरेको टोलीका अन्य सदस्यमा पर्यटन व्यवसायीहरु नरेशबहादुर भट्टराई, गोपिबहादुर भट्टराई र नारायण पहारी रहेका छन् । यही जेठ पाँच देखि आठ गतेसम्म अमेरिकाको ग्वाम सिटीको ग्वाम रिसोर्टमा यो सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा पर्यटन क्षेत्रका पछिल्ला चुनौति र पर्यटन उद्योगको विकासका लागि अपनाउन सकिने उपायका बारेमा झण्डै ४० देशका चार सय भन्दा बढी पर्यटन सम्बद्ध उच्च अधिकारी र व्यवसायीले छलफल गर्ने संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।

सम्मेलनका अवसरमा पाटाको वार्षिक साधरण सभा समेत आयोजना हुने कार्यक्रम रहेको छ । सो अवसरमा दीगो पर्यटन विकास, पर्यटन क्षेत्रका पछिल्ला चुनौतिका बारेमा पनि चर्चा गरिने छ । खासगरी एसिया प्यासिफिक क्षेत्रलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको हो । ग्वाम भिजिटर्स व्यूरोले स्थानीय रुपमा कार्यक्रमको आयोजना गरेको हो ।

कमेन्टहरु
Loading...