फोर्डको एक्सचेन्ज र ट्रेस्ट ड्राइभ महोत्सव

पोखरा, ३० वैशाख / फोर्ड कारको एक्सचेन्ज र टेष्ट ड्राइभ महोत्सव पोखरामा सुरु भएको छ । बिहीबार सुरु भएको महोत्सव शनिबारसम्म जारी रहनेछ । ग्राहकको हितलाई मध्यनजर गरी एक्सचेन्ज तथा टेष्ट ड्राइभ महोत्सव आयोजना गरिएको सेल्स म्यानेजर छबि गौतमले जानकारी दिए ।
अमेरिकन प्रविधि अन्र्तगत भारतमा उत्पादित फोर्ड गाडीका लागि पोखराको अधिकृत बिक्रेता अटो भेन्चर प्रा.लि.ले कार्यक्रम आयोजना गरेको हो । मेला अवधिसम्म पुराना गाडी ल्याउने ग्राहकले उच्चतम मूल्य प्राप्त गर्न सक्ने गौतमले जानकारी दिए । ‘एक्सचेन्जमा सहभागी हुने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको छ,’ उनले भने ।

फोर्ड गाडीले छोटो समयमा नै निकै लोकप्रियता कमाउन सफल भएको कम्पनीको दावी छ । पोखरामा पनि फोर्ड गाडीप्रति ग्राहकको आकर्षण बढेको प्रालिका प्रवन्ध निर्देशक ध्रुबहादुर थापाले बताए ।  महोत्सव अन्तर्गत पहिलो दिन बिहीबार चार वटा कार बुकिङ तथा एउटा गाडी बिक्री भएको छ । मेलामा टेष्ट ड्राइभ गर्नेहरुको भिड लागेको गौतमले जानकारी दिए । ‘शुक्रबार र शनिबार बुकिङ तथा बिक्री अझ बढ्ने विश्वास गरेका छौं,’ गौतमले भने ।

कमेन्टहरु
Loading...