सुन बिक्री नहुँदा बैंकमा थुप्रियो

काठमाडौ, ५ चैत/सुन बिक्री नहुँदा बैंकहरुमा थुप्रिएको छ । अवैधानिकध रुपमा आयात भएको सुन बैंकमा भन्दा सस्तो बजारमा पाउन थालेपछि बैंकको सुन बिक्री हुन छाडेको हो ।

अहिले बैंकहरुमा रहेको तीन सय २२ किलो सुन बिक्री भएको छैन । बैंकहरुमा रहेको सुन बिक्री नभएसम्म सुन ल्याउन नसकिने बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।

बैंकहरुले अबौं रुकमको सुन खरिद गरेका छन् । सुनमा गरिएको लगानीबाट नाफ त परै जाओस समयमा बिक्री गरेर नगद हात पार्न समेत उनीहरुले सकिरहेका छन् ।

बैंकहरुमा रहेको सुन तीन महिनादेखि बजारमा बिक्री हुन नसकेको बैंकरको भनाई छ । लामो समयदेखि फट्टफुट्बाहेक बिक्री हुन नसकेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । लामो समयसम्म सुन बिक्री नहुँदा आश्चर्यमा परेका छौं, उनले भने ।

कमेन्टहरु
Loading...