पोखरा, १४ चैत /इनर व्हिल क्लब अफ पोखरा मिड टाउनले पोखराको बुद्ध चोक क्षेत्रमा जेब्रा
व्रmसिङ निर्माण तथा पुनर्निर्माण गरेको छ ।

क्लबकी अध्यक्ष भक्ति गुरुङको अध्यक्षतामा भएको कार्यव्रmममा प्रहरी
सहायक निरीक्षक जौमाया रानाले संस्थाले नागरिकका लागि महत्त्वपूर्ण काम
गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रशासनले गर्नुपर्ने काममा संस्थाले
अग्रसरता देखाउनु प्रशंसनी कार्य भएको बताउनुभयो ।
संस्थाले नागरिक सचेतनाका लागि यस्ता कार्यहरु गर्दै आएको अध्यक्ष गुरुङले
जानकारी दिनुभयो । क्लबले बुद्धचोक क्षेत्रमा एउटा नयाँ निर्माण र अन्य ३
ओटा पुनर्निर्माण गरिएको गुरुङले जनाउनुभयो ।
कार्यव्रmममा पोखरा मिड टाउनका अध्यक्ष पुरन कुँवरले इनरव्हिल क्लबले गरेको
कार्यको प्रशंसा गर्नुभयो । कार्यव्रmमको सञ्चालन सचिव पार्वती पाण्डेले
गर्नुभएको थियो ।