वैशाखपछि तपाईको मोबाइल ब्लक हुन सक्छ ?

पोखरा, ११ चैत/तपाईले प्रयोग गर्दै आएको मोवाइल विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ। तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक ९आइएमइआई नम्बर० नहुन पनि सक्छ। आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’को आन्तरिक कार्यबिधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइललाई ब्लक गरिने उल्लेख छ। तर हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाको म्याद पाउनेछन्। अर्थात, हालसम्म नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर लिन सक्नेछन्।

सेवाप्रदायकले जानकारी दिएको ६ महिनाभित्र पनि आइएमइआई नलिने प्रयोगकर्ताको मोबाइल भने स्वतः ब्लक हुनेछ। कर्यविधिमा आगामी १ वैशाखपछि नेपाल भित्रिने मोबाइलमा अनिवार्य रुपमा आइएमइआई नम्बर हुनु पर्ने व्यवस्था छ। यदि आधिकारिक आइएमइएआई नम्बर नभए जुनसुकै मोबाइल सेट पनि ब्लक गरिने प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालले बताए।

उनले भने,‘यसर्थ अब वैधानिक बाटोबाट आयात भएका मोबाइलमा आइएमइआई नम्बर हुनेछ तर अवैधरुपमा भित्रिएका मोबाइलमा भने नहुन पनि सक्छ।’ प्राधिकरणले अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान र उपकरण पहिचान दर्ता प्रणालीलाई अनिवार्य बनाउने गरी कार्यविधि तयार पारेको हो। कार्यविधि १ वैशाखदेखि लागू हुनेछ।

 

कमेन्टहरु
Loading...