चितुवाको आक्रमणबाट तामाङ घाइते

पोखरा, २५ फागुन /भदौरे तामागी गाविस ५ राउटारीका १६ वर्षिय मनोज तामाङ चितुवाको आक्रमणमा परि घाइते भएका छन् । शुक्रबार राती ९ बजे उनको कोठा भित्र छिरेर चितुवाले आक्रमण गर्दा घाइते भएका हुन् ।

आक्रमणबाट उनको दाहीने खुट्टा र देब्रे हातमा चोट लागेको छ । घाइते तामाङको स्थानीय मेडिकलमा सामान्य उपचार भएको थियो । थप उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार पछि सोमबार घर फर्किएको उनका आफन्त भरत भण्डारीले जानकारी दिए ।

‘मनोजको कोठामा कुकुर थियो,’ उनले भने ‘त्यही कुकुरलाई आक्रमण गर्न आउदा मनोजलाई देखे पछि आक्रमण ग¥यो ।’ ‘चितुवा र मनोज बिच केहि बेर झडप भयो,’ भण्डारीले भने, ‘अर्को काठोमा सुतेका बाबु आमाले थाहा पाए पछि चितुवालाई लखेटे ।’

कमेन्टहरु
Loading...