सार्वजनीक यातायात नचल्दा यात्रुहरु समस्यमा

पोखरा ५ फागुन /नयाँ बस व्यवसायीलाई सञ्चालन अनुमति दिएको भन्दै पोखराका पुराना यातायात व्यवसायी आन्दोलीत हुदा यात्रुहरु समस्यामा परेका छन् । पोखरा नगर बस, ट्क्याक्सी र ग्रामिण सडकमा सञ्चालन हुने यातायात सञ्चालनमा नआउदा यात्रुहरु समस्यामा परेका हुन् ।

पोखरा नगर क्षेत्रमा तीन वटा नयाँ बस सञ्चालनमा आउदा अन्य ७ हजार सार्वजनिक सवारी ठप्प भएको छ । नयाँ विन्ध्यावासिनी बस ब्यवसायी समिति अन्तर्गतका तीन वटा बसले रुट इजाजत प्राप्त गरी नगर क्षेत्रमा सञ्चालन हुन थालेपछि अन्य ब्यवयायीले सवारी थन्क्याएर आन्दोलनमा उत्रिएका छन् ।

बुधवार विहानैदेखि पोखरा सहित लामो रुटका सार्वजनिक सवारी सञ्चालनमा आउन सकेको छैन । पोखरा नगर क्षेत्र सहित पोखराबाट बाहिरिने ६ हजार ७ सय ५२ सवारी बुधवार थन्किएको यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यबस्था विभागको पत्रका आधारमा यातायात ब्यबस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत पाएको थियो ।

कमेन्टहरु
Loading...