द्वितीय स्मृति कप गाउँस्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा प्यार्सिङ मेला शुरु

पोखरा, ९ पुस। युवा खेलकुद समूह प्यार्सिङ, मग्याम चिसापानी, स्याङ्जाको आयोजनामा बुधबारदेखि क्या. स्व. जीतबहादुर थापा द्वितीय स्मृति कप गाउँस्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा प्यार्सिङ मेला प्रारम्भ हुँदैछ।पुस १३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा स्याङ्जा जिल्लाका चित्रेभञ्ज्याङ, धवादी, क्याक्मी, विरुवा, टर्ले मोचाबारी, चिन्नेवास, साल्डाँडा, छेक्मा, किचनास, चेप्टे तथा तनहुँ जिल्लाका भिमाद, खैरेनी, दुलेगौंडा, पाङ्नी, भानुमती, किहूँ, ढोरफिर्दीलगायतका स्थानबाट ३६ टीमको सहभागिता रहेको युवा खेलकुद समूहका संरक्षक एवं मेला संयोजक टहलसिंह थापामगरले जानकारी दिए।प्रतियोगिताको मुख्य प्रायोजकमा चिसापानी–१, प्यार्सिङ घर भइ हाल युके बस्ने मीन थापा र हिरा थापा, प्रायोजकमा चिसापानी–४ गुर्जा घर भइ हाल हङकङ बस्ने सुजन रानामगर र सहप्रायोजकमा भिमाद–१ बागदार तनहुँ निवासी चन्द्रबहादुर थापामगर रहेका छन्।

चार लाख ५५ हजार खर्च लाग्ने अनुमान गरिएको सो प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ३५ हजार पाँच सय ३५, द्वितीय हुने टीमलाई नगद २५ हजार पाँच सय २५, तृतीय हुने टीमलाई नगद १५ हजार पाँच सय २५, शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिÇटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट सर्भर साथै अनुशासित टीमलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ।

यस्तै प्रथम पुरस्कार प्रायोजकमा स्याङ्जाका युवा व्यवसायी एवं नेपाल स्ट्रो·ेस्ट क्योकुसिन कराँते सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, द्वितीय पुरस्कार प्रायोजकमा नेकपा एमाले गण्डकी काठमाडौं सम्र्पक कमिटीका उपसचिव खेमानन्द सिग्देल र तृतीय पुरस्कार प्रायोजकमा चिसापानी–४ गुर्जा घर भइ हाल दक्षिण कोरिया बस्ने मधु सिंजालीमगर रहेका छन्। प्रतियोगिता सम्पन्न गर्नको लागि प्रेम थापा सारुमगरको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ।

पुस १२ गते विविध सांस्कृतिक कार्यक्रम हुनेछ। सो कार्यक्रममा दोहोरी गायक गायिका शंकर विरही गुरुङ, इन्द्रा गुरुङ, ढाकाराम पौडेल, उमादेवी खनाल, रमेशबाबु सिंजालीको प्रस्तुति रहनेछ भने हास्य कलाकार दीपक थापालगायत पोखराबाट गएको टोलीले कौरा, सोरठी, झ्याउरे तथा सालैजोलगायका नृत्य प्रस्तुत गर्नेछन्। प्रतियोगिताको उद्घाटन बुधबार प्रथम पुरस्कारका प्रायोजक, स्याङ्जाका युवा व्यवसायी एवं नेपाल स्ट्रो·ेस्ट क्योकुसिन कराँते सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगरले गर्नेछन्।

कमेन्टहरु
Loading...