होचा खगेन्द्रको स्वास्थ्यमा समस्या,फेवासिटिमा उपचार हुदै

पोखरा, २७ माघ /गिनिज बुक अफ दी वल्डमा ८ महिना नाम लेखाउन सफल भएका नेपालका होचा खगेन्द्र थापा मगरको स्वास्थ्यमा समस्या आएको छ ।

खगेन्द्रलाई परिक्षण गर्दै डा होमप्रसाद न्यौपाने तस्विर ः दिननाथ बराल
खगेन्द्रलाई परिक्षण गर्दै डा होमप्रसाद न्यौपाने तस्विर ः दिननाथ बराल

बुधबार बिहान ४ बजे देखि खगेन्द्रले वान्ता गरी पखला चल्न थाले पछि उनको हाल पोखराको फेवासिटि हस्पिटलमा उपचार भइ रहेको खगेन्द्र थापा मगर प्रतिष्ठान नेपालका सदस्य दिननाथ बरालले जानकारी दिए । खगेन्द्रको उपचारमा संलग्न डाक्टर प्रविन श्रेष्ठले खगेन्द्रको शरीरमा पानीको मात्राकम भएको कारणले गर्दा वान्ता र पखला चलेको बताए ।

उनको स्वास्थ्यको अवस्थाको बारेमा अन्य रिपोर्टको आधारमा मात्र भन्न सकिने डाक्टरश्रेष्ठले बताए । खगेन्द्रलाई हाल सलाइनपानी चढाईएको छ । उनलाई अहिले डा होमप्रसाद न्यौपानेले खगेन्द्रको स्वास्थ्य परिक्षाण गरेका छन् ।

कमेन्टहरु
Loading...