एमाले प्रचार विभाग पोखरा कमिटीको ‘प्रचार कार्यशाला’ सम्पन्न

पोखरा । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग पोखरा महानगर कमिटीद्वारा आयोजना भएको प्रचार कार्यशाला शनिबार सम्पन्न भएको छ । सञ्चारको उचित प्रयोग, यसको महत्व, व्यवस्थापन र गलत सूचनाबाट जोगिने उपायका विषयमा केन्द्रीत रही कार्यशाला सम्पन्न भएको हो ।

सञ्चारको महत्व र यसको उचित प्रयोगको बारेमा बुझाउने उद्देष्यले कार्यशालाको आयोजना गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग पोखरा महानगर कमिटीका संयोजक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

कार्यशालामा सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठले प्रभावकारी सञ्चार, प्रचार तथा प्रकाशन विभागको भूमिका, गलत र भ्रामक सूचनाबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए ।

त्यसैगरि संगठनात्मक सिद्धान्तका विषयमा एमाले गण्डकी प्रदेश कमिटी सदस्य दिलिप बिक्रम शाही र एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले सहजीकरण गरेका थिए ।

कार्यशालामा महानगरका ३३ वटै वडाका प्रतिनिधि, पार्टी नेता, कार्यकर्ता, विद्यार्थी नेता, सञ्चारकर्मीलगाएतको उपस्थिती रहेको थियो ।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग पोखरा महानगर कमिटीका संयोजक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको सञ्चालन कमिटीका सदस्य लक्ष्मण बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...