दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप शुरु, बिजेतालाई ३ लाख नगद

पाेखरा । दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विहिवार देखि सुरु भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना साथै ३ नं. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल संघ माछापुच्छ्रेको समन्वयमा माछापुच्छे«–३, घाचोक मेधराज माविको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

विहिवार भएका खेलमा रुपा गाउँपालिका कास्कीले माछापुच्छ्रे गाउँपालिका रातोलाई , निसिखोला गाउँपालिका बाग्लुङले मोदी गा।पा पर्वतलाई हराएको छ । अन्नपुर्ण गाउँपालिकाले प्रतिस्पर्धी क्लब बाग्लुङ नगरपालिका बाग्लुङ र माछापुच्छे« गाउँपालिका निलो कास्कीले पुतलिबजार नगरपालिका स्याङजाले वाक ओभर दिएपछि आगामी यात्रा तय गरेका हुन । साथै मल्कोट नगरपालिका वाग्लुङ र शुक्लागण्डकी नगरपालिका तनहुँ विच भएको खेल लाई पोटेष्टका कारण स्थगित भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री सुशिला सिंखडाले खेल मानब जिवनका लागि अत्यावस्यक रहेको बताउदै खेलकुदको विकासले विस्वमा देशको नाम उच्च राख्न सकिने बताइन् । स्थानीय, प्रदश र केन्द्र, ३ नै तहको सरकारले खेललाई प्रथामिकतामा राखेकाले यस्ता प्रतियोतिा आयोजना गरिएको उल्लेख गरिन् ।

गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले आयोजित कार्यक्रममा सहभागि टिम साथै उपस्थित सम्पुर्ण दर्शकलाई धन्यवाद दिदै खेलले गलत बाटोमा भौतारीरहेका यूवा जनशक्तिलाई प्रगती र उत्थानको बाटोमा डोयाउन सकिने र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्दा सजिलो अर्को बाटो छैन भन्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय विभिन्न आमासमुह, युवाक्लब साथै सामाजिक संघसंस्थाहरुको सहमागितामा झाकी सहितको ¥याली निकालिएको थियो ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा नं. ३ घाचोकका अध्यक्ष हरिशचन्द्र लाम्साले र संचालन माछापुच्छ्रे गाउँपालिका भलिबल संघका सचिव होम प्रसाद गुरुङले गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । पौष २८ गते सम्म संचालन हुने प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।

कमेन्टहरु
Loading...