गलकोटमा ५ लाख राशीको बुकी कप हुँदै

पोखरा । गलकोट नगरपालिका ६ मजुवा फाँटमा पुस ८ गते देखि १५ गते सम्म बुकी कप हुने भएको छ । हिमालयन म्युजिक इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस प्रालिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा नेपाल भलिबल संघ, गण्डकी प्रदेश भलिबल संघ, जिल्ला भलिबल संघ बागलुङ, गलकोट उद्योग वाणिज्य संघ गलकोट र नगर भलिबल संघकोे सहकार्य र गलकोट नगरपालिका, गलकोट खेलकुद विकास समिति र गलकोट नगरपालिका ६ को समन्वय रहेको छ ।

भलिबललाई उजागर गर्नुका साथै प्रतियोगिताले गलकोटको पर्यटन प्रर्वधनमा टेवा पुग्ने विश्वास लिएको र्कायक्रम संयोजक मोहन केसीले बताए । ‘बजार, व्यवसाय, पर्यटन सुस्ताएको अवस्था छ, प्रतियोगिताले गलकोटका पर्यटकीय स्थलको प्रचारप्रसार गर्नेछ भने होटल व्यवसायीलाई सघाउ पुग्नेछ’ केसीले भने ।

प्रतियोगितामा जम्मा ६ टिमले सहभागिता जनाउने आयोजकले बताएको छ । विजेताले पाँच लाख, दोस्रो हुनेले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्रमाणपत्र मेडल र ट्रफि प्राप्त गर्नेछन् ।

बेस्ट प्लेयरलाई २० हजार बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर विधामा पनि ६÷६ हजार र ट्रफी, प्रमाणपत्र दिइने र म्यान अफ द म्याचलाई २ हजार प्रदान गरिनेछ ।

(फाइल तस्विर)

कमेन्टहरु
Loading...