पोखरा । अनेरास्ववियु जिल्ला कमिटी कास्की दशै, तिहार, छठ तथा नेपाल सम्वत पर्वको शुभकामना आदानप्रदान तथा चियापान गरेको छ । अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षता शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय लेखा आयोगका अध्यक्ष सुनिल तिमिल्सिनाले अब बिद्यार्थी रचनात्मक क्रियाकलापको साथै देशमै केही नयाँ सृजना गरि अगाडि बढ्नुपर्ने बताए । कार्यक्रमका बिशेष अतिथि नेकपा एमाले अन्नपूर्ण गाउपालिका अध्यक्ष बिबेक देवकोटाले बिद्यार्थी आन्दोलनको मोडालिटी अब नयाँ दिशा तर्फ जानूपर्ने उल्लेख गरे ।
कार्यक्रममा मादी गाउपालिका कमिटी प्रतीक्षा पौडेल, प्रदेश कमिटी सदस्य सुनिल बाबू पोखरेलले गजल , कविता बाचन गरेका थिए । भने कार्यक्रममा स्वागत मन्तव्य कमिटीका उपाध्यक्ष शिव पराजुली र कार्यक्रम संचालक सचिव बिजय भुजेलले गरेका थिए ।