पोखरा २८ मा खुल्ला तिज गीत प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं.२८ मा तिज गीत प्रतियोगिता हुने भएको छ । पोखरा २८ महिला संजालको आयोजना तथा वडा कार्यलयको समन्वय र सहयोगमा पोखरा २८ ठुलकोटमा उक्त प्रतियोगिता आगामी भदौ २० गते हुने भएको छ ।

 

पोखरा २८ मा रहेको महानगरकै उचाईमा रहेको ठूलाकोटको पहिचान र यहाँको पर्यटन प्रवद्र्धन गराउने उद्धेश्यका साथ नेपाली नारीको हरितालिका तिज पर्वको संरक्षण र संबद्र्धन गर्दै महिला दिदी बहिनीहरु बिचमा आपसी सद्भाव र आत्मियता काय राख्न तिज गीत प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।

 

साविक माझठाना गा.वि.स र कालिका गा.वि.स अन्तर्गतका सबै वडाका महिला समूहरुले प्रतियोगितामा सहभागीता हुन पाउने गरी खुल्ला तिज गीत प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक एवम् वडा सदस्य डाल्डा देवी भुजेलले जानकारी दिइन् ।

 

प्रतियोगितामा प्रथम हुने समूहलाई रु १० हजार , द्धितिय हुने समूहलाई रु ७ हजार , तृतिय हुने समूहलाई रु ५ हजार , सान्त्वना हुने समूहलाई रु ३ हजार , उत्कृष्ट नृत्यलाई रु १ हजार ५ सय र उत्कृष्ट सामुहिक भेषभुषामा रु १हजार ५ सय पुरस्कार प्रदान गरिने संयोजक भुजेलले बताइन् ।

 

प्रतियोगितामा वडा नम्बर २८ अन्तर्गत रहेका सबै आमा समूहहरु र साबिक कालिका र माझठाना गा बि स हाल मादी तर्फ परेका भुभाग का वडा बाट पनि दिदीबहिनीले भाग लिन पाउने प्रतियोगितामा लोक दोहोरी गायक चोलेन्द्र पौडेल लगायत अन्य ख्यातीप्राप्त कलाकारहरुको समेत प्रस्तुति रहने प्रचार प्रसार तथा मञ्च व्यवस्थापन संयोजक विष्णु सुवेदी भण्डारीले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...