युवा संघ पोखरा १९ को अध्यक्षमा कुशल राना

पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नं १९ को भेलाले कुशल रानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।

शनिबार सम्पन्न भेलाले उपाध्यक्षमा विनोद भुजेल, सचिवमा कुसल पौडेल, उपसचिवमा सुविना पौडेल, सचिन केसी र कोषाध्यक्षमा दिलिप पुनलाई चयन गरेको छ।

संघको सदस्यमा सुनिल पौडेल, सुदिप गौतम,सुमन पौडेल,दुर्गा तिमिल्सिना,भोज व केसी, प्रेम भुजेल, विदुर आचार्य, सन्दिप गौतम, स्मृति अधिकारी, लक्ष्मण थापा,कर्णमोहन सुनार, संकल्प भण्डारी , कन्चन गहतराज,विजय पुन, मोहन बस्नेत,अनु राइ, सुदिप गौतम,दिवस पौडेल,छविन पुन, वसन्त पुन,अन्जन केसी, बलराम पौडेल, बिक्रम केसी, विशाल नेपाली, आनन्द गुरुङ र सुजन रोक्का चयन भएको नेता विकास आचार्यले जानकारी दिए ।

यसअघि भेलाको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव अनिता लिम्बुले युवाहरु जागृत भए परिवर्तन सम्भव हुने बताउदै, जन विरोधी काम गर्ने वर्तमान सरकारका विरुद्ध उत्रिन आग्रह गरिन् । राम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य दिपक पौडेल, शोभा मोहन पौडेल, जिल्ला नेता सुरेन्द्र मान सिंह भण्डारी, नेकपा एमाले पोखरा १९ का अध्यक्ष विष्णु गौतम लगायतले हरेक विकृति र विसङ्गतिलाई अन्त्य गर्न युवाहरुको भुमिका महत्वपुर्ण हुने बताए।

सो अवसरमा सहभागि युवाहरुलाई पार्टी र आगामी भुमिकाको वारेमा प्रशिक्षण दिईएको थियो।

कमेन्टहरु
Loading...