तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता पौषको दोश्रो साता हुने

काठमाडौं । तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०८० पौष ७ र ८ गते चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।

कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सिनियर ईभेन्ट तर्फ पुरुष÷महिला ७ वटा तौल समूह, जुनियर तर्फ ३ क्याडेट तर्फ ४ र चिल्ड्रेन तर्फ ४ तौल मुहको प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै पुम्सेतर्फ एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समिति संयोजक रमेश कार्कीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, दोस्रो, तेश्रो हुने टीमले क्रमशः १ लाख, ५० हजार, २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी महिला–पुरुषतर्फ क्रमशः १०–१० हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाण पत्र प्रदान गरिने उनले बताए ।

त्यस्तै पुम्सेमा प्रथम हुने टिमलाई रु २० हजार र द्वितीय हुनेलाइ रु १० हजारा प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट निर्णायकलाई १०÷१० हजार २ जनालाई प्रदान गरिने र प्रतियोगीताको अनुमानित खर्च ३३ लाख ६० हजार रहेको आयोजक समिति संयोजक कार्कीले बताए ।

सम्पुर्ण खेलहरु विश्व तेक्वान्दो महासंघको नियम अनुसार हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार पुम्से विधाको खेलाडीहरुको ६ महिना भित्रको नेपाल तेक्वान्दो संघले प्रदान गरेको प्रमाण पत्रको फोटोकपी अनिवार्य पेश गर्नुपर्ने र सहभागी डोजाङ्ग तथा खेलाडीहरु नेपाल तेक्वान्दो संघमा दर्ता भएको हुनुपर्नेछ ।

कमेन्टहरु
Loading...