गठबन्धन संस्कृतिले लोकतन्त्र माथि खेलवाड गरिरहेको सांसद भट्टराईको आरोप

काठमाडौं । कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले गठबन्धन संस्कृतिले लोकतन्त्र माथि खेलवाड गरेको आरोप लगाएकी छिन् ।

साम्सद भट्टराईले सोमबार साँझ सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै सो कुरा व्यक्त गरेकी हुन् ।

भट्टराईले लोकतान्त्रिक पद्धति सबैभन्दा उत्कृष्ट हो भन्ने मान्यतालाई गठबन्धन संस्कृतिले चुनौती दिएको भन्दै गठबंधन संस्कृतिले हुर्काइरहेको असम्बैधानिक र अलोकतान्त्रिक व्यवहारहरु पुर्ण रुपमा लोकतन्त्र माथिको खेलवाड भएको उल्लेख गरेकी छिन् ।

कमेन्टहरु
Loading...