गेटवय फाउन्डेशन नेपालले फुटसल प्रतियोगिता गर्ने

पोखरा । लामो समय देखि लागुऔषध उपचार तथा पुनस्र्थापना को क्षेत्रमा काम गर्दे आईरहेको यस गेटवय फाउन्डेशन नेपाल पोखरा १४ ले पुर्व लागुऔषध प्रयोग कर्ता बिच फुटसल प्रतियोगिता संञ्चालन गर्ने भएको छ।

भदौ २० गते देखि संञ्चालन हुने उक्त प्रतियोगितामा लगभग १५ टिम सहभागि हुने प्रतियोगिताका संम्योजक रोशन गुरूङले जानकारी दिए ।

लागुऔषधको समस्या छ र संगसंगै यसको समधान पनि छ लागुऔषध छोडेर समाजमा उत्पादक सदस्य बन्न सकिन्छ भन्ने अभिप्रयका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको फाउन्डेशनका कार्यक्रम सम्योजक सुनिल गुरूङले बताए ।

दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने सहभागि टिमले रू ४० हजार नगद सहित मेडल प्रमाणपत्र र शिल प्रप्त गर्ने छन् भने दृतिय हुने टिमले २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् साथै उत्कृष्ट खेलाडि अनुशासित टिम अत्यधिक गोलकर्ता ले पनि पुरस्कार प्रप्त गर्ने छन् । टिम दर्ता शुल्क रू ५ हजार रहेको प्रतियोगितामा नेपाल का बिभिन्न ठाउँ बाट सहभागि हुने आयोजक ले बताए।

कमेन्टहरु
Loading...