गुरुहरुका गुरुबाट भक्तपुरका वैद्य सम्मानित

भक्तपुर । गुरुहरुका गुरुका रुपमा देश विदेशसम्म शिक्षक, शिक्षा, र समग्र शिक्षा प्रणालीको ज्योति फैलाउन प्रतिवद्ध भएको भन्दै भक्तपुरका शिक्षाविद् प्राध्यापक पृथ्युचरण वैद्यलाई सम्मान गरिएको छ ।

 

नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएका भक्तपुरका शिक्षाविद् प्राध्यापक बैद्यलाई घरमै पुगेर सम्मान गरिएको छ । नेपाल शिक्षाशाश्त्री समाजले बैद्यको घर भक्तपुर पुगेर सम्मानपत्र वितरण गरेका हुन् । पोखरा विश्वविद्यालयका उपकुलपति एव समाजका अध्यक्ष प्राडा प्रेमनारायण अर्याल, प्राडा तीर्थराज पराजुली र अर्का प्राडा बासुदेव काफ्लेले संयुक्त रुपमा सम्मानपत्र वितरण गरेका हुन् ।

प्राध्यापक बैद्य उमेरका कारण हाल घर बाहिर निस्कन सक्नुहुन्न । यही कारण उनलाई घरमै पुगेर सम्मानपत्र वितरण गरिएको हो ।

प्राध्यापक वैद्यको जन्म १९४० विक्रम सम्वत्मा भक्तपुरमा भएको थियो । विक्रम सम्वत् २०२० सालदेखि शिक्षा क्षेत्रमा समर्पित भएर लागेका उनी जीवनको सम्पूर्ण समय शिक्षा क्षेत्रमै समर्पित थिए । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशाश्त्रको डीन हुँंदै विक्रम सम्वत् २०६० सालमा सेवा निवृत भएका थिए ।

कमेन्टहरु
Loading...