मुम्बई । मध्य प्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा पोथी चितुवाको मृत्यु भएको छ ।
यसको कारण थाहा छैन। पोथी चितुवा खुला जंगलमा घुमिरहेकी थिई । उनको स्वास्थ्य परीक्षणका लागि विगत १० दिनदेखि खोजी भइरहेको थियो ।
पछिल्लो ५ महिनामा यो ९ औं चितुवाको मृत्यु हो । जसमा कुनोमै जन्मिएका तीनवटा शावक पनि पर्छन्। यस वर्ष मार्च २६ मा कुनोमा पहिलो चितुवा मारिएको थियो ।
सन् २०२२ को सेप्टेम्बरमा ७० वर्षपछि चितुवा भारत ल्याईएका थिए । दक्षिण अफ्रिका र नामिबियाबाट कुल २० वटा चितुवा भारतमा ल्याइएको हो । पोथी चितुवाले चारवटा बच्चा जन्माएकी थिइन । यस्तो अवस्थामा उनीहरुको संख्या २४ पुग्यो । जसमध्ये १५ वटा चितुवा मात्र बाँकी छन् ।
यसैबिचमा सर्वोच्च अदालतले पनि चितुवा मरेकोमा असन्तुष्टि जनाउँदै अर्को ठाउँमा सार्ने आदेश दिएको छ ।