सुनको मूल्य घट्याे

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। साेमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ।

आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

साेमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। आइतबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।

कमेन्टहरु
Loading...