नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैयाँ ४२ पैसा रहेको छ भने युरो एकको खरिददर १४५ रूपैयाँ ५४ पैसा र बिक्री दर १४६ रूपैयाँ २० पैसामा किनबेच हुनेछ ।
हिजो डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ६८ पैसा रबिक्री दर १४७ रूपैयाँ ३० पैसा रहेको थियो । जसअनुसार अमेरिकन डलरको खरिद दर ० रूपैयाँ ६ पैसा र बिक्रीदरमा पनि ६ पैसाले डलरको भाउ घटेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ०३ पैसा र बिक्री दर १६८ रूपैयाँ ८० पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५६ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसामा खरिदबिक्री हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा खरिदबिक्री हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २३ पैसा कायम गरिएकाे छ ।
साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०८ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८८ रुपैयाँ र बिक्री दर ३५.४ रुपैयाँ , मलेसियन रिंगिट एकको खरिद दर २८.६८ रुपैयाँरहेको छ भने बिक्री दर २८.८१ रुपैयाँ कायम गरिएकाे छ । र, कुवेत दिनार १ को खरिदमूल्य ४२५.९ पैसा विक्रीदर ४२७.८६ पैसामा किनबेच हुनेछ ।