आजदेखि विलासिताकाे कर लाग्ने

काठमाडौ । साेमबारदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट समेत लागु भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित्  तीन विधेयक प्रमाणीकरण गरेका थिए ।

यससँगै, साेमबारदेखि विलासिता कर लागु भएको छ । सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरेर चार र पाँच तारे होटलका लागि २ प्रतिशत विलासिता करको व्यवस्था गरेको थियो । यस्तै, १० लाखभन्दा बढीको गरगहना किन्दासमेत २ प्रतिशत विलासिता कर तिर्नुपर्छ भने वैदेशिक भ्रमणमा जाँदासमेत सोही दरको कर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको छ ।

वैदेशिक रोजगार सेवा शुल्कसमेत साेमबारदेखि लाग्ने भएको छ । बजेटमार्फत सरकारले वैदेशिक रोजगारीमा पठाउने मेनपावर व्यवसायीलाई १ प्रतिशत करको व्यवस्था गरेको थियो । यो कर साेमबारदेखि लागु भएको हो ।

कमेन्टहरु
Loading...