यस्तो छ आजको सुनको मुल्य

काठमाडौ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ सामान्य बढेको छ।  सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।

कमेन्टहरु
Loading...