प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीताको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।

 

आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिएका छन । उनका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई विहान अस्पताल ल्याइएको  र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो ।

 

प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लको अनुसार पत्नी दाहालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ । बिहान ११ बजे देखी १ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ ।

 

उनी नेकपा माअाेवादी केन्द्रकी सल्लाहकारसमेत हुन् । सीताकाे निधनसँग प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छाेरी ज्ञानु र एक मात्र छाेरा प्रकाशलाइ गुमाएका थिए ।

कमेन्टहरु
Loading...