एसईईको नतिजा आज सार्वजनिक गरिने

काठमाडौं । शैक्षिकसत्र २०७९ को माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा  आज सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

 

बिहीबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबारनै (आजै) एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यद्यपि, यसबारे बोर्डले औपचारिक रुपमा जानकारी गराइसकेको छैन ।

 

जारी बैठकले नतिजा बिहीबार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । यसबारे थप छलफल चलिरहेकाले निर्णय सार्वजनिक गरिएको छैन ।

 

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

कमेन्टहरु
Loading...