लमजुङमा झाडापखालाले ६ वर्षीय बालककाे मृत्यु

लमजुङ । झाडापखलाले लमजुङमा एक बालककाे मृत्यु भएकाे छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपाेखरा भाचे भदाैरेका ६ वर्षका सन्दिप परियारकाे झाडापखालाबाट मृत्यु भएकाे हाे।

 

बालकलाई साेमबारदेखि झाडापखाला लागेकाे आममा सीमा विकले जानकारी दिइन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चाैकी ल्याउँदै गर्दा बाटाेमा मृत्यु भएकाे उनले बताइन् ।

 

`बाबु हिजाेदेखि झाडापखालाले बिरामी थियाे । घरमा जीवनजल थिएन, खुवाउन पाइएन´, सीमाले भनिन, `बिहान औषधि गर्न ल्याउँदाल्याउँदै काखैमा बित्याे ।´

कमेन्टहरु
Loading...