एक वर्षमा ३ लाख ५१ हजार मेट्रिक टन मल आयात

काठमाडौं । एक वर्षमा तीन लाख ५१ हजार मेट्रिक टन मल आयात भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको जानकारी दिएका हुन् ।

धान रोपाइँका बेला मल अभाव नहुनेगरी व्यवस्था गरिएको जानकारी दिँदै उनले हाल ७१ हजार मेट्रिक टन मल मौजाद रहेको जानकारी दिए ।

साथै यसै महिनामा भारतबाट ४५ हजार मेट्रिक टन डिएपी मल आयात गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।

कमेन्टहरु
Loading...