रुकुमपूर्वबाट हेलिकोप्टरमार्फत सुत्केरी र बच्चाको उद्धार

 

अत्यधिक रक्तस्राव भएकी रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामकी ४० वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उनलाई आज दिउँसो उद्धार गरेर थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

गएराति रुकुमपूर्व अस्पताल रुकुमकोटमा छाई पुन सुत्केरी भएकी थिइन् । सुत्केरीपछि पुनको रक्तस्राव नरोकिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान (निःशुल्क हवाई उद्धार सेवा) कार्यक्रममार्फत हेलिकोप्टर झिकाएर सुत्केरी र शिशुलाई सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार दिउँसोदेखि महिलालाई सुत्केरी व्यथा लागेको थियो ।

कमेन्टहरु
Loading...