पश्चिमाञ्चल डाइग्नोष्टिकको नयाँ शाखा तालचोकमा

विगत १० वर्षदेखि पोखरामा निदान तथा अनुसन्धान क्षेत्रमा काम गर्दै आएको पश्चिमाञ्चल डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टरले पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा नयाँ शाखा विस्तार गरेको छ । पोखरा १० रामघाटमा मुख्य कार्यलय रहेको यस डायग्नोस्टिक सेन्टरले वडा नं. २७ को जनघनत्व र निदान तथा अनुसन्धानसम्बन्धि स्वास्थ्य संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै शाखा विस्तार गरेको हो ।

शाखा विस्तारको शुभारम्भ वडा नं. २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले गरेका थिए । शाखा शुभारम्भ गर्दै वडाध्यक्ष गुरुङले वडावासीले विभिन्न प्रकारका रोगको परिक्षण र पहिचानका लागि अब पोखरासम्म धाउनु नपर्नेप्रति खुशि व्यक्त गरेका छन् । साथै उनले वडा नं. २७ महानगरपालिका भित्र रहेर पनि पर्याप्त मात्रामा डाईग्नोस्टिक सेन्टरहरु नहुँदा सर्वसाधरण रोग पालेर बस्न बाध्य भएको तर अब त्यस्तो अवस्था झेल्नु नपर्ने बताए ।

शाखा शुभारम्भको अवसरमा स्वास्थ्य सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।  सो कार्यक्रममा डा. प्रकाश भट्टराईले वर्तमान समयमा हरेक व्यक्तिको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको मधुमेह रोग र यसबाट बच्ने उपायका बारेमा चर्चा गरेका थिए । साथै उनले प्रयोगशालासम्बन्धि उपचारको महत्वका बारेमा बोल्दै समयमै रोग पत्ता लगाउन सकेमा भविष्यमा आउने जटिल प्रकारको रोगबा पनि सजिलै बच्न सकिने बताएका छन् ।

यस्तै  बायोकेमिस्ट सुमन अधिकारी र मेघनाथ दाहालले मधुमेह रोगको निदान पहिचान र उपचारका बारेमा सचेतनामुलक अभिव्यक्ति दिएका थिए ।

करिब ६० लाख लगानीमा सञ्चालनमा आएको यो डायग्नोस्टिक सेन्टरमा रगतसम्बन्धि सम्पुर्ण जाँच, विभिन्न प्रकारका क्यान्सरसम्बन्धि जाँच, थाईरोईड लगायत अन्य जाँच गरिने पश्चिमाञ्चल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टरका केन्द्रिय अध्यक्ष बायोकेमिस्ट पुरुषोत्तम सुवेदीले जानकारी दिए । उनका अनुसार समयसापेक्ष रुपमा सेवाग्राहीको चापलाई हेरेर प्रविधिहरु थप गर्दै लगिनेछ ।

केन्द्रिय अध्यक्ष सुवेदीका अनुसार आजदेखि एक हप्तासम्म परिक्षणका लागि आउने सेवाग्राहीलाई ४५ प्रतिशत सम्म छुट दिईने छ । साथै उनले कोही आर्थिक रुपमा कमजोर भएर डायग्नोस्टिक सेवा लिन नसक्ने बिरामीहरु भएपनि सम्पर्क गर्न र त्यस्ता बिरामीहरुलाई नि:शुल्क र आंशिक छुट दिईने बताए ।

तालचोक शाखाका व्यवस्थापक माईक्रोबायोलोजिष्ट राजन पौडेलले सञ्चालन गरेको कार्यक्रममा पोखरा स्थानीयको सहभागीता रहेको थियो । शाखा विस्तारको अवसरमा आज मधुमेह, रगत र रगतमा हुने खराब बोसोको निःशुल्क परिक्षण गरिएको छ ।

 

कमेन्टहरु
Loading...